आफूभन्दा जेठी नायिकाको कारण रणवीरले अस्वीकार गरे फिल्म

काठमाडौँ। अभिनेता रणवीर कपुर बलिउडका एक स्थापित कलाकारको रुपमा चिन्न सकिन्छ। उनै रणवीरले एउटा राम्रो रोमान्टिक कमेडी फिल्म अस्वीकार गरेका छन्।

उनले फिल्मको नायिकाको कारण फिल्म अस्वीकार गरेको बताइएको छ। फिल्म रणवीरको अपोजिटमा सोनाक्षी सिन्हा थिइन्। उमेरमा सोनाक्षी आफू भन्दा जेठी देखिने भएकोले उनले फिल्म अस्वीकार गरेको बताइएको छ।

यसै क्रममा निर्माता र निर्देशकसँग कुरा नमिले पछि रणवीरले फिल्म छोडेको बताइएको छ।