राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा

बैतडी।  राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा पुगेकि छिन्। तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ।

राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। भोलि १५ गते बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विषेश पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको  जनाइएको छ।

बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

अन्य सम्बन्धित समाचार:  काँग्रेसका वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

राष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ ।