‘तान्हाजी’को कमाई अहिले पनि जारी

काठमाडौँ। एक महिना अघि रिलिज भएको अजय देवगनको फिलम ‘तान्हाजी’ फिल्म महाराष्ट्रमा ‘बाहुबली २’ पछि सबैभन्दा बढी कमाइ गर्ने दोस्रो फिल्म बनेको छ। यो फिल्मको कमाई अहिले पनि जारी छ।

भारतको बक्स अफिसमा अझै फिल्मले राम्रो व्यापार गरिरहेको छ। अजयका अलावा सैफ अली खान र काजोलको शीर्ष भूमिका रहेको यो फिल्मले भारतमा मात्र २ सय ७५ करोड भारु कमाइ गरिसकेको छ।

यस फिल्मले दंगल, पिके, टाइगर जिन्दा है, सञ्जु, बजरंगी भाइजान, सिम्बान, कबीर सिंहले भन्दा पनि बढी कमाइ गरेको हो।