चलचित्र ‘आमा’ हेर्न पल र पूजाको आग्रह

काठमाडौँ। नायिका पूजा शर्मा, नायक पल शाह र निर्देशक सुदर्शन थापाले नेपाली कथानक चलचित्र ‘आमा’ उत्कृष्ट भएको भन्दै हेर्न आग्रह गरेका छन्। उनीहरु मङ्गलबार राजधानीको कुमारी हलमा चलचित्र ‘आमा’ हेर्न पुगेका थिए।

नायिका पुजा शर्माले फिल्म हेर्न आग्रह गर्दै राम्रो फिल्म कमै मात्र बन्ने बताएकी छिन्। साथै आफूलाई पनि ‘आमा’ जस्तो फिल्ममा गर्न मन लागेको बताएकी छिन्।

समीक्षकहरूको उत्कृष्ट समीक्षा पाइरहेको यस फिल्मले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ। निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बनेको यस फिल्ममा नायिका सुरक्षा पन्त, मिथिला शर्मा, सरित गिरी, मनिष निरौला, लक्ष्मी भुसाल, टिका पहारी, पदम प्रसाद पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

अधिकांश दर्शकले ‘आमा’ लाई उत्कृष्ट भने पछि निर्मात्री सर्मिला पाण्डे निक्कै खुसी भएकी छिन्।