काठमाडौँ। सिरहाको कर्जन्हा नगरपालिका ४ मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ।
ट्रकमा मोटरसाइकल ठोक्किँदा अर्का एक जना घाइते भएका छन्। बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ३ ख ९०२४ नम्बरको ट्रकमा स ८ प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किएको हो।
मोटरसाइकल ठोक्किँदा घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका ८ का विपया दासको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
घाइते मोटरसाइकल चालक २७ वर्षीय सोनिया दासको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।