भारतीय नागरिकता नभएका चर्चित बलिउड कलाकारहरू

काठमाडौँ। बलिउड क्षेत्रमा भारतीय नागरिक नभएता पनि आफूलाई स्थापित गर्न सफ भएका धेरै चर्चित कलाकारहरू छन्। बलिउड क्षेत्रमा काम गरिरहेता पनि यि कलाकारहरूको भारतका नागरिकता छैन्।

क्याटरिना कैफ
क्याटरिना कैफ बलिउडका चर्चित अभिनेत्री हुन्। उनको जन्म हङ्कङमा भएको थियो। हङ्कङमा उनको जन्म भएता पनि उनी बेलायतमा हुर्केकी थिइन्। उनी सँग बेलायतको नागरिकता भएको कारण उनी बेलायती नागरिक हुन्।

अक्षय कुमार
अक्षय कुमारलाई बलिउडका चर्चित अभिनेताको रुपमा चिन्न सकिन्छ। तर उनी सँग क्यानडाको नागरिकता छ। यसै कारण उनले भारतको चुनावमा भोट गर्न पाउँदैनन्।


आलिया भट्ट 
चर्चित बलिउड अभिनेत्री आलिया भट्टसँग पनि बेलायतको नागरिकता छ। उनकी आमा बेलायती नागरिक हुन्। त्यही कारण उनीसँग बेलायतको नागरिकता छ। उन पनि भारतको चुनावमा भोट लाउन पाउदिनन्।


इमरान खान
बलिउडका चर्चित चलचित्रहरूमा अभिनय गरिसकेका अभिनेता इमरान खान सँग अमेरिकाको नागरिकता छ। उनको जन्म पनि अमेरिकामा भएको हो। उनले भारत सरकारसँग नागरिकता दिलाउन अपिल गरेका थिए। तर भारतीय सरकारले उनको अपिललाई अस्वीकार गरेका थिए।


ज्याकलिन फर्नोन्डेज
भारतीय अभिनेत्री ज्याकलिन फर्नोन्डेज सँग पनि भारको नागरिकता छैन। उनी सँग श्रीलङ्काको नागरिकता छ।


सन्नी लियोनी 
सन्नी लियोनी सँग पनि क्यानडाको नागरिकता छ। उनले पनि भारतको चुनाबमा भोट दिन पाउँदिनन्।