आफ्नो जन्मदिनमै विवाह बन्धनमा बाधिँइन प्रियंका

काठमाडौँ। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज आज वैवाहिक बन्धनमा बाँधिएका छन्। लामो समयको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन्।

उनीहरूले यस अगाडि नै दुई पटक इन्गेजमेन्ट पनि गरिसकेका थिए। मेहेन्दी लगाएको दुई दिन पछि उनीहरूले विवाह गरेका हुन्।

प्रियंकाको आज जन्म दिन पनि हो। उनले आफ्नो जन्म दिनमा नै अभिनेता आयुष्मान सँग नयाँ जीवनको सुरुवात गरेकी छिन्। उनीहरु वैवाहिक बन्धनमा बाँधिएसँगै एक अर्काको जीवन साथी बनेका छन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!