धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमतीको हत्या

काठमाडौँ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११, कलुवापुरमा धारिलो हतियार प्रयोग गरी एक दम्पतीको हत्या भएको छ। कलुवापुरको कटान टोलमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो।

जयलालको शव कोठामा र धनादेवीको शव भान्सामा फेला परेको स्थानीयले बताएका छन्।

स्थानीयले भण्डारीको घाँटी र धनादेवीको टाउकोमा घाउ देखिएको बताएका छन्। कञ्चनपुर प्रहरीले घटनाबारे विस्तृत जनाएको छैन।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन