सीपी मैनालीको स्वास्थ्यमा सुधार

काठमाडौँ। दुर्घटनामा घाइते हुनुभएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। 

बिहीबार झापाबाट काठमाडौँ फर्कने क्रममा भएको दुर्घटनामा मैनालीको ढाडको हड्डि भाँच्चिएको तथा टाउको र मुखमा चोट लागेको ग्राण्डी अस्पतालका निर्देशक डाक्टर चक्रराज पाण्डेले जानकारी गराएका छन्।

मैनाली चढेको बा ७ च २१२० नम्बरको कार बर्दिबासको विपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो। 

यस्तै उनकी बुहारीको दुई वटै खुट्टा भाँचिएको पनि जनाइएको छ।  दुवै जनाको राति नै शल्यक्रिया गरिएको र अवस्था सामान्य रहेको बताइएको छ। मैनालीलाई कम्तीमा पनि एक हप्ता अस्पतालमा राख्नुपर्ने डाक्टरले सल्लाह दिएका छन्।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने