‘नेपाल आइडल सिजन–३’बाट रचना बाहिरिन

काठमाडौँ। सिङगिङ रियालिटी ‘नेपाल आइडल सिजन–३’ बाट रचना रिमाल बाहिरिएकी छिन्। तीन हप्तादेखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचना यो हप्ता भोट कम आएको कारण बाहिरिएकी हुन्।

यो हप्ता सबैभन्दा धेरै भोट चितवनका केविन ग्लान तामाङले पाएका छन्। रचना बाहिरिए सँगै अब ‘नेपाल आइडल सिजन–३’ मा ७ जना प्रतिस्पर्धी रहेका छन्।

रचनालाई मौलिक स्वर भएकी प्रतिस्पर्धीको रुपमा लिइएको थियो। उनको केही गीतहरू यस अघि नै सार्वजनिक भइसकेका छन्। नेपाल आइडलमा विगतमा झैँ यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बासकोटा र इन्दिरा जोशी निर्णायक छन्।