ओलीलाई बाँस्कोटाको प्रतिरक्षा नगर्न काङ्ग्रेसको चेतावनी 

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७० करोड घुस काण्डमा अहिले नै फैसला नसुनाउन काङ्ग्रेसले चेतावनी दिएको छ।

बिहीबार प्रधानमन्त्री ओलीले बाँस्कोटा निर्दोष रहेको बताएका थिए। ओलीले बाँस्कोटाको प्रतिरक्षा गरेपछि काङ्ग्रेसले बचाउन नगर्न चेतावनी दिएको हो। शुक्रबार काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटर गर्दै प्रहरी, वकिल र न्यायाधीशको काम पनि आफैले नगर्न आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया! अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो। अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ।’

उनले अडियो परीक्षण नगरी नबोल्न आग्रह गरेका छन्।