चलचित्र ‘धुलो’ रिलिज

काठमाडौँ। आज शुक्रबारबाट नेपाली कथानक चलचित्र ‘धुलो’ प्रदर्शनमा आएको छ। । यो फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो।
एक्लो रिलिजको अवसर पाएको यो फिल्मले अघिल्लो साताबाट प्रदर्शनमा आएको फिल्म ‘सेन्टि भाइरस’ ‘आमा’ ले केही हल अझै ओगटेको कारण सबै चलचित्र हल पाएको छैन्।

यस चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, लक्ष्मी बर्देवा बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

काठमाडौँको सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, सङ्घर्ष र अवस्थाको विषयमा निर्माण भएको फिल्म प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  पीएम केयर फन्डलाई जसले करोडौं दिए