नेपालको भूभाग समेटेर नक्सा प्रकाशनको काम अन्तिम चरणमा

काठमाडौँ।  नेपालको अतिक्रमण भएको भू–भाग सहितको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको छ। शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुदुरपश्चिम क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नक्सा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताइन्।

नक्सा निर्माणका लागि मन्त्रालयका सचिवको नेतृत्वमा समिति बनाएको बताउँदै उक्त समितिमा गृह, परराष्ट्र, संघीय मामिला, रक्षा मन्त्रालयका प्रतिनिधि रहेको बताइन्। उनका अनुसार नापी विभागको प्राविधिक टोलीले नक्सा बनाउने काम अन्तिम चरणमा पु¥याएको छ।

यस्तै सगरमाथाको उचाइको नाप्ने काम ९० प्रतिशत सकिएको र छिट्टै उचाई सार्वजनिक गर्ने मन्त्री अर्यालले जानकारी दिईन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री भट्टलाई मातृशोक