क्वारेन्टाइन सेन्टरमा रहेका १७५ जना अझै घर फर्कन नपाउने

काठमाडौँ।  फागुन ३ गते चीनको वुहानबाट उद्धार गरिएका नेपाली विद्यार्थीलाई फागुन ४ गते विमानस्थलबाट सिधै उनीहरुलाई क्वारेण्टाइनका लागि भक्तपुर स्थित विद्युत प्राधिकरणको भवनमा राखिएको छ।

चीनबाट नेपाल फर्किएका उनीहरु १४ दिनसम्म क्वारेन्टाइनमै बस्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो। मन्त्रालयका अनुसार चीनबाट नेपाल फर्केका विद्यार्थी क्वारेन्टाइनमा बसेको शुक्रबार १३ दिन भइसकेको छ। यस अनुरुप उनीहरु भोलि अर्थात फागुन १७ गते क्वारेण्टाइन मुक्त हुने छन् र आ–आफ्नो परिवारसँग घर जान पाउने छन्।

कोरोना भाइरसको संक्रमण फैलिएको शहरबाट नेपाल फर्किएका १७५ जनाको उक्त दिन बिहानै नमुना संकलण गरेर परीक्षण गरिएको थियो। परीक्षण गरिएका सबै जनाको रिर्पोट ‘नेगेटिभ’ आएको थियो। रिर्पोटका अनुसार उनीहरुमा भाइरसको संक्रमण नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।

अन्य सम्बन्धित समाचार:  मेडिकल सामग्री लिन ग्वान्जाओतर्फ उड्यो वाइड बडी जहाज 

अहिले पनि क्वारेन्टाइनमा उनीहरुको दैनिक रुपमा ज्वरो परीक्षण भइरहेको छ। उनीहरुको कुनै प्रकारको लक्षण देखिएका छैनन्। जवसका अनुसार उनीहरु स्वस्थ भएको चिकित्सकहरुले बताएका छन्। भाइरसको संक्रमण नभएका उनीहरु १४ दिन पछि आ–आफ्ना परिवारलाई भट्न हतारिए होलान्। घर जान पाउने कुराले उनीहरुको मनमा काउकुती लाग्यो होला। उनीहरुले अब घर जान पाउने सपनालाई अझै केही दिन ‘ब्रेक’ मर्नु पर्ने भएको छ। किनकी क्वारेन्टाइनमा बसेका १७५ जनाको दोस्रो नमूना परीक्षणको रिर्पोट नआएसम्म उनीहरु क्वारेण्टाइनमै बस्नु पर्ने भएको छ।

उनीहरु नेपाल फर्केको १४ दिन अर्थात १७ गते क्वारेन्टाइनमा बसेका सबै जनाको नमुना परिक्षणका लागि ‘थ्रोट स्वाब’ संकलण गरिने छ। दोस्रो पटक गरिएको जाँचको रिर्पोट नआएसम्म उनीहरू घर जान पाउने छैनन्।

अन्य सम्बन्धित समाचार:  माफिया शैलीमै मेडिकल सामानमा ब्रम्हलुटको तानाबाना (के-के भएको थियो? भिडियो हेर्नुहोस्)

पहिलो पटक गरिएको नमूना परीक्षणमा भाइरसको संक्रमण ‘नेगेटिभ’ देखिए पनि नोवेल कोरोना भाइरस अर्थात कोभिड–१९ को लक्षण देखिन दुई सातासम्म लाग्ने हुँदा उनीहरूको दोस्रोपटक पनि नमुना परिक्षण गरिन लागेको मन्त्रालयले जनाएको छ।

दोस्रो पटक गरिएको नमुना परिक्षण ‘नेगेटिभ’ आएपछि मात्र विद्यार्थीहरु घर जान पाउने छन्। त्यसमध्य कुनै पनि विद्यार्थीको नमुना परिक्षण ‘पोजेटिभ’ देखिएको खण्डमा आइसोलेसनमा राखिने छ।’

यसको रिपोर्ट आउन दुईदेखि तीन दिन लाग्ने हुँदा उनीहरू १७ वा १८ औँ दिनमा मात्र घर जान पाउने छन्।