पुरूष इन्स्पेक्टरको लाठीचाजर्मा परेकि हेमा अस्पतालमा भर्ना

काठमाडौँ।  भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भएका थिए। एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै समुह लिएर उनको घर गएकी थिइन्। उक्त महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छिन्।

घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरेका थिए। केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे। घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरूष प्रहरी पनि गएका थिए। प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल नै प्रयोग गर्‍यो।

त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए। उनको एकजना महिलालाई  पछाडिबाट लाठीले हानेको भिडियो अहिले सामाजिक सञ्जालमा देखिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट स्पेनमा १० हजारको मृत्यु, विश्वभर ५० हजार नाघ्यो

इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन्। पछि प्रहरीले छ जना महिलालाई नियन्त्रणमा लिएको छ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको बताए। इन्स्पेक्टर पौडेलले आफूले लाठी प्रहार गरेको स्वीकारेका छन्।

महिलाहरूलाई कानुनी प्रकृयामा अगाडि बढ्नुस् भनेको र नमानेपछि बच्चा बोकेकी महिलामाथि सामान्य बल प्रयोग गरेको देवीप्रसाद पौडेलले बताएका छन्। प्रहरीले सामान्य बल प्रयोग गर्नपर्ने अवस्था आएपछि गर्नुपर्छ उनले भने।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्ने व्यवस्था गरिएको छ।

अन्य सम्बन्धित समाचार:  गाईलाई दूध खुवाउँदैं, ‘गोठमा न पराल नत दाना’

‘पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन,’ संहितामा भनिएको छ।

पिडित हेमा श्रेष्ठ अहिले उपचारका लागि ग्रिन सीटी अस्पतालमा रहेकि छिन्।