कमल कुमार वि.क.को ‘भताभुङ्ग भो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। लोकदोहोरी गायक कमल कुमार वि.क.को आवाजमा रहेको ‘भताभुङ्ग भो’ बालको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा राजकुमार बगरको लय तथा शब्द रहेको छ।

स्मृति तिमलसिना (गुरुआमांं) को निर्देशन रहेको उक्त भिडियोमा देबेन्द्र बब्लु, सुस्मिता सापकोटा, पदम ल्वागुन लगायतका कलाकारहरूको अभिनय रहेको छ।

एउटा युवा आफ्नो घर परिवारलाई छोडेर परदेशीनु परेको पीडा साथै त्यही समय आफ्नो श्रीमती पराइ भइ घरबार भताभुङ्ग भएको अवस्थालाई यस म्युजिक भिडियो मार्फत उतारिएको छ। एरेन्ज रमेश सेन्चुरीको रहेको छ। भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन्।

अन्य सम्बन्धित समाचार:  पीएम केयर फन्डलाई जसले करोडौं दिए