गाली बेइज्जती गरेको भन्दै बाँस्कोटाले गरे मिश्रविरुद्ध मुद्धा दायर

काठमाडौँ।  पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि मन्त्री पदबाट राजीनामा दिएका बाँस्कोटाले आफूमाथि झुटो लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका हुन्।

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाण्डौमा न्याय माग्दै मुद्दा दायर गरेको जानकारी गराएका छन्।

यसअघि हिजो काठमाडौँमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको बचाउ गरेका थिए। बाँस्कोटाले सार्वजनिक भएको टेप रेकर्ड आफ्नो नभएको नबताएपनि प्रधानमन्त्री ओलीले भने फोन रेकर्ड बनावटी भएको भन्दै बचाउ गर्दै आएका छन्।

बाँस्कोटाले मिश्रले भेटेर नाजायज प्रस्ताव राखेको पनि स्वीकार गरेका छन्। फरक परिस्थिति र सन्दर्भमा बोलेका कुरालाई प्रविधिको दुरुपयोग गरी बदनाम गर्न प्रयोग गरिएको बाँस्कोटाले दाबी गर्दै आएका छन्।

अन्य सम्बन्धित समाचार:  तातोपानी र रसुवागढी नाका तत्काल नखुल्ने