आयुर्वेद सम्बन्धी अभिभुखिकरण कार्यक्रम सम्पन्न

रिदम सिंह, बझाङ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र जनप्रतिनिधिबीच आयुर्वेद सम्बन्धी अभिभुखिकरण कार्यक्रम गरिएको छ। जयपृथ्वी नगरपालिकाका प्रमुख उपप्रमुख तथा वडा अध्यक्ष, सरोकारवालाहरू बीच आज जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङको आयोजनामा उक्त कार्यक्रम भएको हो।

आयुर्वेद सम्बन्धी जनस्तरमा सचेतना फैलाउन र जनप्रतिनिधिहरूलाई आयुर्वेद सम्बन्धी जिम्मेवार बनाउनका लागी उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला आयुर्वेद बझाङले  जनाएको छ।

कार्यक्रममा बोल्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङका प्रमुख डा। सूर्य प्रसाद उपाध्यायले नेपालले प्रतिवर्ष १ सय सत्तरी करोड बराबरको आयुर्वेद औषधी अन्य मुलकबाट आयात गर्ने गरेको बताउँदै अन्य मुलुकमा जाने पैसाले आफ्नै देशमा लगानी गरी औषधी प्रसोधन गर्नु पर्ने बताए।

अन्य सम्बन्धित समाचार:  सिकागोमा बन्यो कोरोना बिरुद्धको सचेतना तथा सहयोग समिति

कार्यक्रममा जनप्रतिनिधि, योग समिति प्रमुख, पत्रकार तथा सरोकारवालाहरूको उपस्थित रहेका थियो।