अध्ययनबाट प्राप्त  सफलता

डम्बर ओख्राबू लिम्बू


हाम्रा इतिहासका डिल्लावाजहरु प्लेटो ,गान्धी ,फ्रायड, माक्र्स, एगेल्स, लेनिन गोर्कि, डेकार्थे स्पिनोजा टाल्सटोय, सेक्सपियर, लिङकन आदि जे भए अध्ययन गरेरै भए। उनीहरूको अध्ययन प्रतिको गहिरो रुचिनै त्यो सफलताको सूत्र थियो।

प्रविधिको बढ्दो प्रयोग र हाम्रो व्यस्त दैनिकीका कारण हाम्रो समाजको पठन संस्कृतिमा कमी आइरहेको छ। यो अत्यन्त दुखद कुरा हो। यसले भविष्यमा समाजलाई ठुलो प्रभाव पु¥याउछ। समाजको ज्ञान उत्पादन र सिकाइमा यसले नकारात्मक असर पार्न सक्छ। फलस्वरुप समाजका यथास्थितिमा रहिरहन्छ। आज हामी यहाँ अध्ययनको महत्वको चर्चा गरौँ।

एउटा अनाथ बालक थिए। जसको आमाको मृत्यु उनी सात वर्षको हुँदै भएको थियो। त्यसपछि उनका दुख र कष्टका दिनहरू सुरु भए। यति सम्मकी उनी दश वर्षको हुँदै आफ्नो श्रमको कमाई खान थालेका थिए। तर खुसीको कुरा उनी अध्ययन भनेपछि मरिमेट्थे, राति जुनको उज्यालोमा पढ्थे। हरेक समय पुस्तकमा ध्यान दिन्थे। उनले पुस्तकलाई अत्यन्त धेरै माया गर्दथे। अफशोच उनले औपचारिक शिक्षा भने तेस्रो तह सम्म मात्र पुरा गर्न पाए। पछि गएर तिनै बालक विश्वका महान साहित्यकार बने। ति व्यक्ति थिए विश्व बिख्यात रुसी सर्वहारावादी लेखक म्याक्सिम गोर्की।

अर्का व्यक्ति थिए, जो अध्ययन भने पछि मरिमेट्थे। भोक र शोक बिर्सन्थे आफ्नो रुचिका पुस्तक खोजी खोजी पढ्थे। उनले नौ दस बर्सको कलिलो उमेरमै नेपोलियन हिलको थिङ्क एन्ड ग्रो रिच, डेल कार्गे्निको द इन्टेलिजेन्ट इन्भेस्टर देखि लिएर बेन्जामिन ग्राहमा, वाल्ट डिज्नी र रक फेलर जस्ता धुरन्धर लेखकका व्यवसायिक र सेयर लगानी सम्बन्धी पुस्तकहरूको गहिरो अध्ययन गरेका थिए। तिनै व्यक्ति थिए सेयर बजारका वाद शाह वारेन बफेट।

वास्तवमा यि दुबै व्यक्ति आफ्नो जीवनकालमा निरन्तर अध्ययन गरेरै यो सफलता चुम्न सफल भएका हुन। रुसका सर्वहारावादी लेखक म्याक्सिम गोर्कीले अभाव र गरिबी सँग जुध्दै अध्ययनलाई निरन्तरता दिएर सारा संसारलाई हल्लाए। उनलाई सारा विश्वले महान लेखकका रुपमा चिन्छ। त्यस्तै सन २००८ मा बिश्वका सबै भन्दा धनि व्यक्ति हुन सफल व्यक्ति वारेन बफेट आफु अध्यायनकै कारण सफल लगानिकर्ता भएको कुरा आफ्नो संस्मरणमा उल्लेख गरेका छन।

मानिसलाई सर्बश्रेष्ठ बनाउने एउटा उत्तम माध्यम अध्ययन हो। अध्यायनले सामान्य मानिसलाई बिज्ञ बनाउछ, जानकार बनाउछ। सामान्य सोचाई भएका मानिसलाई महान सोच र बिचार दिन्छ। अत पुरै मानब समाजलाई बिकसित तुल्याउदै लैजान्छ। यसो भनौ मानब जातिको आजको चेतना स्तर निरन्तर अध्ययनको परिणाम हो।अध्ययन हाम्रो उत्साह, उर्जा र सिजर्न्शिलताको स्रोत हो। आज ससाँरमा हामिले महान भनेर चिनेका ब्यतित्वहरुले आफनो जिबनको लामो समय अध्यायनमै ब्यतित गरेका थिए।

हाम्रा इतिहासका डिल्लाबाजहरु प्लेटो ,गान्धी ,फ्रायड, माक्र्स ,एगेल्स लेनिन गोर्की, डेकार्थे स्पीनोजा, टाल्सटोय सेक्सपियर, लिङकन आदि जे भए अध्ययन गरेरै भए। उनीहरूको अध्ययन प्रतिको गहिरो रुचिनै त्यो सफलताको सूत्र थियो।
बिख्यात अमेरिकन साहित्यकार मार्क टवोइनले अध्यायनका सन्र्दभमा भनेका छन्। ‘अक्षर पढन जान्नेहरु हरेक सयम एउटा अबसर गुमाई रहेका हुन्छन त्यो अबसर हो अध्यनको।’ वास्तवमा टोइनले भने जस्तै यदि हामी अध्ययन गर्दै छैनौ भने हामी अहिले ठुलो अवसर गुमाई रहेका छौ।

विशेष गरेर अहिलेका युबा पङतीमा यो समस्या छ। हामी पुस्तक अध्ययनलाई भन्दा पनि बाह्य मनोरन्जनलाई प्राथमिकता दिइरहेका छौ। अहिले हामी सँग पर्याप्त समय छ। तर, अचेल हामी सामाजिक सजाँलमा रमेर, नचाहिदो तर्क गरेर, रेष्टुरेन्ट पार्टि प्यालेस धाएर समय ब्यतित गरिरहेका छौ। हामिले हाम्रो उर्जा्शिल समयलाई सदुपयोग गरिरहेका छैनौ। यसको सबै भन्दा ठुलो कारण हामिले अध्ययनलाई मनोरन्जनको रुपमा लिन सकेनौ। अर्थात अध्यायनभित्र जुन खुशी पाउनु पथ्र्यो त्यो पाईरहेको छैनौ। अझ भनौ अध्ययन भित्र रमाईरहन सकेका छैनौ। यो ठुलो बिडम्बना हो।

यहाँ एउटा प्रसङग जोडौ प्रसङग अब्राहम लिङकनकै हो। उनी १६ बर्सका थिए। पढनमा अत्यन्त लगनशिल थिए। उनले एकदिन छिमेक बाट अमेरिकि स्वतन्त्र सग्रामका नायक जर्ज वासिङटनको जिवनी मागेर ल्याएका थिए। तर घरका छाना मज्बुत नभएकाले पानि चुहिएर किताब बिग्रियो। अब उनलाई ठुलै आपति प¥या। अर्को पुस्तक किनिदिउ भने उनिसगँ पैसा थिएन। त्यही बिग्रिएको पूस्तक दिए छिमेकिले के भन्लान। उनी सरासर छिमेकिकोमा लागे र सबै बेलिबिस्तार सुनाए। त्यसपछि उनले त्यो पूस्तकको पैसा चुक्ता नहुन्जेल खेतमा सितैमा काम गरिदिए। त्यस बापत छिमेकिले उनलाई पुन इनाम दिए। त्यो इनाम थियो त्यही पुस्तकको अर्को प्रति।

गरिब परिवारमा जन्मेका अब्राहम लिङकनको यो सन्दर्भ निकै प्रेरणादायि छ। उनी गरिब थिए। तर उनको गरिबी उनको इच्छा शक्तिका अगाडि फिक्का साबित भयो। उनी अध्यायनमै रमाउन सक्थे। उनी धेरै माईल टाढा सम्म गएर पुस्तक ल्याएर पढ्थे। यसले पनि उनको अध्ययन प्रतिको लगाभलाई उजागर गर्दछ। उनको यहि गुणले गर्दानै उनलाई इतिहासले जिउदो बनायो।

यो त भयो लिङकनको आदतको कुरा भयो। अब हामी आफ्नै अध्ययनको कुरा गरौ वास्तवमा हामी कति अध्ययन गर्दछौ अध्यायनमा कतिको चासो छरु हामी दिनमा कति अध्ययन गर्छौरु हप्तामा पति पुस्तक पढछौरु महिना र बर्समा कति किताब पढछौरु यस बारेमा एक पटक सोचौ न।

के तपाईलाई थाहा छरु चर्चित भारतिय दार्श्निक आसोले आफ्नो जीवनकालमा कति पुस्तक अध्ययन गरे होलानरु ५,००० प्रति, १०,००० प्रति वा २०,००० प्रतिरु अँह होइन उनले मात्र ३० बर्स सन १९५० देखि १९८० सम्ममा जम्मा १,५०,००० पुस्तकहरु अध्ययन गरेको तथ्य बिभिन्न पुस्तकहरुमा भेटन सकिन्छ। त्यस्तै उनले यहि अबधिमा ६ हजार भन्दा बढि पुस्तहरु पनि लेखे। यस हिसाबले ओसोले बर्समा पाच हजार पुस्तक पढ्थे। महिनामा लगभग चार सय सत्र र दिनमा भन्डै १४ वटा पुस्तक अध्ययन गर्थे। यो सुन्दा अचम्म लाग्न सक्छ। तर बास्तबिकता यहि नै हो। आहा कस्तो थियो उनको पठन प्रेम। ओसोको महान सफलताका अगाडि यो सानै मुल्य हाइन र?

लिङकन,आसो ,बफेट आदिको यो प्रसङग साच्चिकै प्रेरणादायी छन यिनले हामिलाई अध्यायनका निम्ती उत्प्रेरणा दिनेछन।
वास्तवमा हाम्रो सफलताको मुख्य स्रोत अध्ययन नै हो। अध्यनलेनै मानिसलाइ पुर्ण बनाउछ। हामी सगँ अहिले समय छ, उर्जा छ, इच्छा र जागर छ, के थाहा भविष्यमा यि सबै कुरा नहुने पो हुन कि?  एउटा कुराको साथमा हुँदा अर्को नहुने पो होकि?  अह निश्चीत छैन भोलि।

त्यसैले सहि समयमा सहि काम गरौँ। अध्यायनका निम्ती भबिस्य पर्खिन थालियो भने त्यो कहिल्यै हाम्रा सामु आउने छैन।
अन्त्यमा हाम्रो बिचार दृष्टीकोण र सोचाईमा आमुल परिबर्तन ल्याउने तत्व अध्ययन नै हो।

यसले व्यक्ति समाज र घटना प्रति सहि दृष्टीकोण प्रदान गर्छ। जसले परिस्थितिको सहि बिष्लेशण गर्न पनि सहयोग गर्दछ। कठिन परिस्थितिको सामना गर्न सक्षम बनाउछ मानिसलाई कर्तब्य निष्ठ, इमान्दार,आत्मबिश्वासि,चतुर र धैर्यवान बनाउछ। सधै प्रयत्नशिल, उर्जा्सिल र सिर्जनशिल बनाउछ हो।

यहि कारण अध्ययनलाई माया गर्नुहोस यसमा रमाउनुहोस। आजै ससाँर जित्ने यात्रामा एक पाईला सार्नुहोस। सफलताको यात्रामा एक पाइला सार्नुहोस।