फागुन १८ गतेदेखि २४ गतेसम्मको राशिफल

मेष राशि (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) कारक समय छ। परिवार तथा वैवाहिक जीवनमा सुखशान्ति मिल्न सक्छ। सन्तानबाट सुख, व्यवसायमा वृद्धि, नोकरीमा प्रमोसन तथा स्वास्थ्य राम्रो रहनेछ। विद्यार्थीहरूको पढाइ राम्रो रहनेछ। भ्रमणमा थोरै ख्याल राख्नुहोला।

वृष राशि (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) राम्रो खालको समय छ। पैसाका कारोबार, लेखापढी, लगानीमा सबैकुरामा नाफा आर्जन हुन सक्छ। ऋण दिदा नउठ्ने समस्या हुनसक्छ। प्रेममा सफलता तथा विदेश भ्रमणको योग देखिन्छ। नाम कमाउने समय छ। स्वास्थ्यमा समस्या हुन सक्छ।

मिथुन राशि (का,कि,कु,घ,ङ,छ,के,को,हा) काममा रोकावट होला। सन्तान तथा प्रेममा सुख छ। वैवाहिक सम्बन्ध राम्रो रहन्छ। आर्थिक कारोबारमा समस्या होला। विदेश भ्रमणको योग राम्रै रहनेछ। स्वास्थ्य ठि कै रहनेछ। नोकरी तथा व्यवसायमा रोकावट आउनसक्छ। बोलीचालीमा सुधार ल्याउनु होला। पढाइ राम्रो देखिन्छ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) पेशा व्यवसाय तथा नोकरीको लागि राम्रो समय छ। समस्याहरू समाधान हुने रहेको छ। स्वास्थ्यमा समस्या हुन सक्छ। विवाह तथा प्रेम दुबईमा राम्रो छ। सन्तानबाट सन्तोष होला।

सिंह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) गरेका कामहरू बन्नाले सन्तोषको समय छ। बोलीको प्रभाव पर्नेछ। समाजमा मान बढ्ने योग छ। शुभ यात्राको समय छ। आकस्मिक धनलाभ देखिन्छ। पढाइमा भने बाधा देखिन्छ। सन्तानबाट राम्रो कार्य हुने योग छ।

कन्या राशि (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) ठिकै खालको समय छ। स्वास्थ्यमा समस्या देखिन्छ। विदेश भ्रमणको योग देखिन्छ। खर्च मा ध्यान दिनुहोला। झैझगडाबाट बच्नुहोला। सन्तान तथा वैवाहिक जीवन सुखद छ। धर्मकर्ममा मन लाग्ला।

तुला राशि (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) व्यक्तित्वमा निखार आउने बेला छ। बिग्रेका काम बन्नाले अन्य मान्छे प्रभावित हुने समय छ। प्रेममा पर्न सकिएला। वैवाहिक जीवनमा भने समस्या पर्न सक्छ। यात्राको समय छ। रिसराग बाट बच्नुहोला। शेयर तथा बैंकिङ काम बाट फाइदाको समय छ।

वृश्चिक राशि (तो,ना,नि,नु,ने,नो,या,यि,यु) स्वास्थ्यमा समस्या रहन सक्छ। वादविवाद को अवस्था आउनसक्छ। विदेश भ्रमण शुभ देखिन्छ। परिवारमा त्यति राम्रो छैन। वैवाहिक जीवनमा समस्या देखिन्छ। सन्तानबाट राम्रो समय छ।

धनु राशि (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) राम्रो समय छ। शरीरमा स्फूर्ति बढ्नेछ। पढाइलेखाइमा राम्रो छ। स्वास्थ्यमा ख्याल राख्नुहोला। बोलीवचन बाट लाभ हुन सक्ने समय छ। यात्रा तथा पारिवारिक भेटघाटको लागि उपयुक्त समय छ।

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गजबको व्यक्तित्व बन्नेछ। बिग्रेका काम बन्ने तथा नयाँ कामका योजना मनमा आउने छन्। वैवाहिक जीवनमा समस्या पलार्। परिवारमा ठिकै रहने छ। वैदेशिक भ्रमणमा लाभ छ। खर्च बढ्न सक्छ। प्रेममा समस्या आउन सक्छ।

कुम्भ राशि (गु,गे,गो,सा,सि,सु,से,सो,दा) फायदाजनक समय छ। वैदेशिक यात्राको अवसर देखिन्छ। परिवार र वैवाहिक जीवन दुबै राम्रा रहेछन्। धार्मिक तथा मांगलिक यात्रामा सहभागी भइएला। समाजमा नाम रहने समय छ। पढाइमा समस्या रहनसक्छ।

मीन राशि (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) स्वास्थ्य राम्रो छ। पारिवारिक जीवन राम्रै छ। वैदेशिक यात्रा तथा छोटा भ्रमणको सम्भावना छ। सरकारी काम जग्गा दलाली तथा शेयर बजारमा कमाइ गर्न सक्ने योग छ। प्रेममा बाधा देखिन्छ। पढाइमो राम्रै रहनेछ।

ज्योतिषी अर्जुन सापकोटा – अमेरीका ० ०१–८६०९९५१६४७