जिप दुर्घटना हुँदा ८ जना घाइते

काठमाडौँ। बैतडीमा आज बिहानै स्कारपियो जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको छ।

दार्चुलाको महाकाली नगरपालिकाका ४८ वर्षीय विष्णुदत्त भट्ट गम्भीर घाइते भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिएका छन्। घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

धनगढीबाट दार्चुला जादै गरेको बा १३ च ३१८० नम्बरको स्कारपियो महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा बिहान साढे ५ बजे दुर्घटनामा परेको हो। स्कारपियो सडकबाट १५ मिटर तल खसेको छ। चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने बैतडी प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु