कस्तो सावधानी अपनाएको खण्डमा कोरोना भाइरसबाट बच्न सकिन्छ?

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलदो अवस्थामा रहेको छ। यसबाट बच्न घरबाट बाहिर निस्क्दा सार्वजनिक यातायातमा समेत विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। भीडभाड हुने स्थानमा जाँदा वा मानिसहरुको समुह भएको स्थानमा जाँदा लाज नमानी पञ्जा अनिवार्य लगाएको खण्डमा संक्रमण हुनबाट जोगिने चिकित्सकहरुको भनाइ छ। यसैगरि एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगर्ने वा दैनिक सफा र परिवर्तन गरेर मात्र प्रयोग गर्न समेत सुझाव दिइएको छ।

घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना रुमालहरु हटाइ नयाँ प्रयोग गर्नुको साथै घरका सबै सदस्यले छुट्टाछट्टै रुमाल प्रयोग गर्न तथा दैनिक रुपमा सफा राख्न सकेको खण्डमा रोगबाट बच्न सकिने बताइएको छ।
घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गर्नुकोसाथै खोलीसकेपछि र बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धुनुको साथै सानीटाईजरको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

यसैगरि दैनिक प्रयोगमा आउने ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोएको खण्डमा रोगबाट बच्न सकिने डाक्टरहरुको सल्लाह रहेको छ।
यसैगरि घरका सबै सदस्यले आ आफ्नै टुथब्रस, थाल चम्चा र प्लेट छुट्टाछुट्टै प्रयोग गर्नुकोसाथै नियमित प्रयोग हुने सामग्रीहरु सफा राखेको खण्डमा समेत कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने भएका कारणले उच्च सावधानी अपनाउन भनिएको छ। यसैगरि सम्भव भएसम्म शाकाहारी भोजन खाने, सकेसम्म माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरेको खण्डमा रोगबाट बच्न सकिने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगर्न, जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धुन, घरका साथै काम गर्ने स्थानका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राख्न अनुरोध गरिएको छ। जाडो हुने स्थानमा भने झ्याल ढोका बन्द गरेर कोठा न्यानो राख्ने गर्न सकिन्छ। मानिसको आवतजावत भएमा समय-समयमा झ्याल खुला राख्न समेत सकिन्छ।

त्यसैगरि एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुन प्रयोग गर्ने गराउनेको साथै खाना पकाउनु र खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धुन आग्रह गरिएको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकीमा सरकार बनाउने कांग्रेस–माओवादीकाे प्रयास असफल

यसैगरि कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रा नगर्न आग्रह गरिएको छ।
घरमा छुट्टै स्थानमामा राखी उपचार गर्नुको साथै बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाउने, मास्क र ग्लोभको अनिवार्य प्रयोग गर्ने गरेको खण्डमा कोरोनाको संक्रमणबाट बच्न सकिने बताइएको छ।

त्यसका साथै दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिउनुको अतिरिक्त सकभर काँचो खानेकुराहरु नखाने, शरिर सफा राख्ने, सफा कपडा मात्र प्रयोग गर्ने गर्दा समेत संक्रमणबाट बच्न सकिने बताइएको छ। रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहाल्न समेत अनुरोध गरिएको छ।