काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला बुधबार प्रत्यारोपण गरिने भएको छ।
त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिन लागेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
त्यसका लागि प्रधानमन्त्री ओली भोलि नै त्रिवि शिक्षण अस्पतालमा भर्ना हुन लागेका छन्। सचिवालय बैठकले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको बताइएको छ।