मोटरसाइकल लिएर विश्व भ्रमणमा निस्किए लुईंटेल

स्याङ्जा।  स्याङ्जाका ३० वर्षे यामप्रसाद लुइँटेल शनिबार देखि विश्वभ्रमणमा निस्किएका छन्। वालिङ नगरपालिका १४ तमादीका लुइँटेलले मोटरसाइकलमार्फत विश्व भ्रमण गर्न लागेका हुन्।

विश्व भ्रमणमा निस्केका लुइँटेललाई वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले वालिङबाट विधिवतरुपमा विश्वभ्रमण सफल यात्राको कामनासहित शुभारम्भ गराएका थिए।

भ्रमण वर्ष २०२० को अवसरमा ८ लाख किलोमिटर यात्रा गरी विश्वभर १ सय ९२ देश घुमेर नेपाललाई चिनाउँदै गिनिज बुकमा आफनो नाम लेखाउने उदेश्यका साथ विश्वभ्रमणमा निस्किएको हुन्।

उनले भने, ‘हाल अष्ट्रियाका स्टोन इमेलियाको ७ लाख ३५ हजार किलोमिटरको रेकर्डको यात्रालाई उछिन्नेछु।’

अन्य सम्बन्धित समाचार:  कोरोना महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय