देउवाले पद र पैसा बाँडेर महाधिवेशन प्रभावित पार्न खोजेको रामचन्द्रको आरोप

काठमाडौँ। नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरित कार्य गरेको बताएका छन्। नेपाल प्रेस युनियन मकवानपुरले आइतबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता पौडेलले  सभापति देउवाले पद र पैसा बाढेर नेपाली काङ्ग्रेसको महाधिवेशनलाई प्रभावित पार्ने काम गरेको बताएका छन्। जुन कुरा आफूहरूलाई मान्य नहुने पनि बताएका छन्।

नेपाली काङ्ग्रेसको आउँदो महाधिवेशनलाई प्रभावित पार्ने गरि सभापति देउवाले निर्वाचित भएको चार वर्षपछि विधान भन्दा धेरै सङ्ख्यामा विभाग गठन गरेकोमा आपत्ती रहेको र सभापतिले महाधिवेशन सकिएको कम्तिमा ६ महिनाभित्र गर्नुपर्ने काम अहिले आएर गरेकोमा उनले पद बाढ्ने, पैसा बाढ्ने कामले काङ्ग्रेसलाई घाटा पुग्ने बताएका छन्। नेपाली काङ्ग्रेस अहिले बलियो प्रतिपक्ष भएर संसद्‌मा प्रस्तुत हुनुपर्नेमा आफै अलमलिएको भन्दै उनले सभापतिको व्यवहारले पार्टीलाई अप्ठ्यारो परेको पनि भनेका छन्।

अन्य सम्बन्धित समाचार:  विपक्षी गठबन्धनलाई सहयोग गर्न नमानेका थापालाई दलको नेताबाट हटाइयो

अहिलेको सरकार भ्रष्टाचारको दलदलमा फसेको र भ्रष्टाचारीलाई जोगाउन स्वयम् प्रधानमन्त्रीनै अघि सरेको आरोप समेत उनले लगाएका छन्। पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालो पार्टी नेतृत्वको रबैया ठिक नभएको कारण कांग्रेस अप्ठेरो अवस्थामा आएको बताएका छन्।