क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनाकै रिर्पोट नेगेटिभ, भोली घर पठाँइदै

काठमाडौँ।  चीनको वुहानबाट ल्याएर भक्तपुरको खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनामा नै कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।

भक्तपुरमा क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनाको र्‍याल र रगतको दोस्रो पटक गरिएको नमूना परीक्षणमा कोरोना भाइरसको नेगेटिभ अर्थात भाइरसको संक्रमण नभएको पुष्टि भएको स्रोतले जनाएको छ। यसको आधिकारिक घोषणा भने हुन बाँकी छ।

भोलि बिहानसम्म आधिकारिक घोषणा गरेर सबैलाई घर पठाउने तयारी छ। गएको ३ गतेदेखि विश्व स्वास्थ्यको मापदण्डअनुसार क्वारेन्टाइनमा राखेकाहरुको हिजो १४ दिन पुगेको छ। यसअघि गएको ४ गते उनीहरुको रगत र र्‍यालको परीक्षण गरिएको थियो।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुईहप्ता पछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोश्रोपटक स्वास्थ्य परीक्षण गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  बादलले लिए दौरासुरुवालमा पद तथा गोपनियताको सपथ

गएको ४ गते विहान चीनको वुहानमा रहेका १७५ जना नेपाली विद्यार्थीलाई नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेको थियो। त्यसपछि सिँधै उनीहरुलाई भक्तपुरको क्वारेन्टाईनमा लगेर राखिएको थियो।