कोरोनाको प्रभाव बढ्दै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित

नेपाल सरकारले अन्ततः कोरोनाको प्रभाव बढ्दै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को बैठकले वुहानबाट शुरु भएको कोरोनाको प्रकोप अन्य देशमा समेत फैलिएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस अहिले कोरिया, इरान हुँदै अन्यत्र समेत देखिन थालेको छ। अमेरिकामा एक व्यक्तिको मृत्यु भएको छ।

सरकारलेसन् २०२०लाई बहुप्रतिक्षित भ्रमण वर्षको रुपमा मनाउने तालिका अनुसार अघि बढिरहेपनि अचानक देखिएको कोरोनाले नेपालमा पर्यटकको संख्या कम हुदैं गएको थियो। बुक भएका होटलहरुमा धमाधम यात्रा स्थगीत हुनथालेका थिए भने मुलुकका कतिपय पर्यटकीयस्थल समेत सुनसान हुँदै जाँदा व्यवसायी चिन्तीत थिए।

भिजिट नेपालका विभिन्न कार्यक्रममा ६७ करोड बढी रकम विनियोजन गरेको थियो। भिजिट नेपालको उद्घाटनमा मात्र ५ करोडभन्दा बढी रकम खर्च भएको थियो।

अन्य सम्बन्धित समाचार:  खोप खरिदमा भ्रष्टाचार नभएको स्वास्थ्यमन्त्री त्रिपाठीको दावी