सरकारको निर्णय विदेश जाने विद्यार्थीलाई एनओसी नदिने

काठमाडौँ। विश्वभर कोरोना भाइरसको त्रास बढेसँगै नेपाल सरकारले पनि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई नो अब्जेकसन सर्टिफिकेट (एनओसी) नदिने निर्णय गरेको हो।

कोरोना भाइरसका कारण (एनओसी) तत्काललाई नदिने निर्णय गरेसँगै विदेश उच्च शिक्षाका लागि तयारी गरिरहेका विद्यार्थीहरूलाई समस्या हुने अनुमान गरिएको छ। त्यस्तै तीब्र रुपमा कोरोना भाइरस फैलिएका देशमा नेपालीहरू जान प्रतिबन्ध लगाउने तयारीमा नेपाल सरकार रहेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  तातोपानीमा निःशुल्क स्वास्थ्य शिविर