काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य लाभको कामना गरेका छन्।
मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले सोमबार ट्विटरमार्फत स्वास्थ्य लाभको कामना गरेका हुन्।
ओलीलाई भगवान पशुपतिनाथले सधै स्वस्थ्य रहन प्रेरणा मिलोस भन्दै उनले नेपाल–भारत बीचको सम्बन्ध थप उचाइमा पुगोस् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुने भएको छ।