‘प्रचण्ड’ माथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न समिति गठन

काठमाडौँ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आदेशमा समिति गठन गरिएको हो।

रतन तिरुवाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  एमालेको सबै भोट मलाई आउँछ, मेरो जित पक्का छः गृहमन्त्री बादल