नेपालको पश्चिमी भू-भागमा वर्षाको सम्भावना

काठमाडौँ। नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र पश्चिमका पहाडी भू-भागतिर मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमानमा  सोमबार देशको पुर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशको पुर्वी तथा मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ।

अन्य सम्बन्धित समाचार:  ओली पक्षको संसदीय दलको बैठकः बहुमत सांसद उपस्थित भएको दाबी

र बुधबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।