मोदीलाई ओलीको जवाफ-“धन्यवाद प्रिय प्रधानमन्त्री मोदीजी”

काठमाडौँ।  मिर्गौला प्रत्यारोपणको लागि आजबाट अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य लाभको कामना भनेर सन्देश लेखेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यावाद भन्दै जवाफ लेखेका छन्।

ओलीले ट्वीटरमा मोदीलाई मेन्सन गर्दै लेखेका छन्, ‘मलाई सफल शल्यचिकित्सा र छिटो पूर्णस्वास्थ्य लाभको कामना गर्नुभएकोमा धन्यवाद प्रिय प्रधानमन्त्री मोदीजी।’

यसअघि मोदीले ट्वीट गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए।

अन्य सम्बन्धित समाचार:  माधव नेपाल पक्ष छलफलमा