‘नीरफूल’ प्रदर्शन चैत्र ७ मा

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘नीरफूल’ फागुन ३० गते प्रदर्शन मिति तोकिएको मिति सरेर चैत्र ७ मा पुगेको छ। यस अगाडि फागुन २३ मा रिलिज डेट तोकिएको यो फिल्म ‘म यस्तो गीत गाउँछु–२’ हिन्दी फिल्म ‘बाघी–३’ आउने भएपछि फागुन ३० मा सरेको थियो।

आफ्नो मात्र नभई सबैको राम्रोका लागि फिल्म सारेको चलचित्रका निर्देशक सञ्चारकर्मी फूलमान बलले बताएका छन्। फिल्ममा भुकम्पमा परि बिछोडिएको परिवारले पुनर्मिलनको लागि गर्ने सङ्घर्षको कथालाई समावेश गरिएको छ।

फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन्।