मिडल इस्टमा रिलिज हुदै ‘आमा’

काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘आमा’ दुबई, ओमान, कतार, बहराइन र कुवेतमा अप्रिल २ बाट रिलिज हुने भएको छ। अप्रिल २ बाट नै मिडल इस्टमा पनि रिलिज हुँदै छ।

मिडल इस्टमा यति धेरै माग भएको यो पहिलो चलचित्र भएको जनाइएको छ। मध्यपूर्वका लागि १२ लाखमा निर्देशक दीपेन्द्रले चलचित्र दिएका हुन्।

आम दर्शकको राम्रो प्रतिक्रिया पाइ रहेको साथै व्यवसायमा सफल पाएको यस फिल्म अहिले अमेरिका र अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ। नेपाली रहेका अन्य देशबाट पनि चलचित्रको माग बताइएको छ।

सर्मिला पाण्डेले निर्माण गरेको यस चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौलाको मुख्य भूमिका रहेको छ।

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने