पाँच देशका नागरिकलाई अनअराईभल भिषा रोक

काठमाडौं। कोरोनाको सन्त्रासका कारण मन्त्रिपरिषद् बैठकले पाँच देशका नागरिकलाई ’अनअराइभल भिषा’ नदिने भएको छ। अध्यागमन विभागले कोरोना भाइरस प्रकोपलाई लक्षित गर्दै चीन, जापान, इरान, इटाली र दक्षिण कोरियाका नागरिकलाई अनअराईभल भिषा रोक गर्ने निर्णय गरेको हो।

अब यी देशका नागरिकहरुले विदेशबाट नै भिषा लगाएर स्वास्थ्य परिक्षणको रिपोर्टपछि मात्र नेपाल आउन पाउने छन्। अहिलेसम्म कोरोना भाइरसका कारण करिब ३ हजार जनाको मृत्यु भइसकेको छ भने ८८ हजार भन्दा बढी संक्रमित छन्।

अन्य सम्बन्धित समाचार:  महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ