जो जुत्ता हानेर हिरासत पुगे

काठमाडौं। आइतबार राष्ट्रियसभामा भएको एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हानेका जुम्लाका रतन तिरुवा थप सात दिन हिरासतमा बस्ने भएका छन्।  उनलाइ जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने पहिलो पटक समय दिएको हो।

अभद्र व्यवहारमा तिरुवा विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थप गरेको हो। त्यस्तै घटनाको अनुसन्धान गर्न छानविन समिति गठन भएको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्य छानविन टोली गठन गरिएको हो। तिरुवाले प्रचण्डको भाषण चित्न बुझेको भन्दै जुत्ता प्रहार गरेको प्रहरीमा मौखिक बयान समेत दिएका छन्।

अन्य सम्बन्धित समाचार:  टिकटक बनाउने क्रममा भीरबाट लडेर युवकको मृत्यु