नेपाली विषयमा चलचित्र बनाउँदै नेटफ्लिक्स

काठमाडौँ। नेटफ्लिक्सले नेपाली विषयमा चलचित्र बनाउने भएको छ। चलचित्रको कथा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा माथि रहेर बनाउने तयारी गरेको बताइएको छ। यसबारे भने नेटफ्लिक्सले आधिकारिक रूपमा जानकारी दिइसकेको छैन।

अहिले कन्टेन्ट माथि काम भइरहेको स्रोतले बताएको छ। केही साताअघि नेटफ्लिक्सले नेपालमा कलाकारका लागि अडिसन लिएको तर कोही पनि छनोट नभएको बताइएको छ।

सौगात मल्ललगायत केही थिएटरका कलाकारले अडिसन दिए पनि निर्माण पक्षले चित्त नबुझाएको स्रोतको भनाइ छ। स्रोतका अनुसार निर्देशक तथा मुख्य कलाकार नेपाली नरहने करिब निश्चित भइसकेको छ।

नेटफ्लिक्स जस्तो विश्वमै लोकप्रिय चलचित्रको अनलाइन प्लेटफर्मले नेपाली कन्टेन्ट माथि बनाउन लागेको चलचित्रमा नेपाली निर्देशक तथा कलाकार नहुनु राम्रो नभएको पनि बताइएको छ।