आवश्यक परे अन्तराष्ट्रिय हवाइ उडान रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। कोरोना भाइरसको संक्रमण नियन्त्रणकोलागि आवश्यक परे अन्तराष्ट्रिय हवाइ उडान रोक्न सरकारको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। कोरोनाको उच्च जोखिम रहेको देशहरुबाट सिधा वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि आदेश दिएको छ।

अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन।

सो रिटमा सुनुवाई गर्दै सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो। आदेशमा स्थलमार्ग र त्रिभवुन अन्तराष्ट्रिय विमानस्थलबाट प्रवेश गर्नेहरुको कडाईका साथ स्वास्थ्य जाँच गर्न भनिएको छ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्च अदालतबाट ओली–प्रचण्डको नेकपा खारेज, नेकपाको आधिकारिकता ऋषि कट्टेललाई

‘कोरोना भाइरसको संक्रमण गम्भीर रुपमा फैलिएको चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानज आदि देशबाट साझै वा ट्रान्जिट भएर विमानस्थलमा अवतरण गर्ने उडानको अवस्था र परिस्थिति मूल्यांकन गरी जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका जागि अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने  अन्तराष्ट्रिय उडानमा रोक लगाउने र तीन देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनू ।’ भनिएको छ।