काठमाडौँ। अभिनेता स्व.श्रीकृष्णको सम्झनामा अभिनेत्री श्वेता खड्काले क्यान्सर अस्पताल बनाउने भएकी छिन्। उनले गोदावरी नगरपालिकाको छम्पीमा राष्ट्रिय क्यान्सर अस्पताल निर्माण गर्ने भएकी हुन्।
क्यान्सरका कारण आफ्नो श्रीमान र भिनाजु गुमाउनु परेकोले क्यान्सर अस्पताल निर्माण गर्न लागेको अभिनेत्री श्वेताले बताएकी छिन्। सोमबार एक कार्यक्रमको बिच अस्पतालको शिलान्यास गरिएको छ।
अस्पताल शिलान्यास गर्न आउँदा धेरै खुसी भएको र ५ वर्षदेखिको आफ्नो सपना पुरा भएको अभिनेत्री खड्काले बताएकी छिन्। अव केही वर्ष पछि अस्पताल निर्माण कार्य पुरा हुने र आफ्नो लक्ष्य पुरा हुने बताएकी छिन्।