कोरोनाकै कारण बहराइनबाट ३८ नेपाली स्वदेश फर्काइए

काठमाडौं। वैदेशिक रोजगारीका लागि बहराइन पुगेका ३८ जना नेपालीलाई स्वदेश ल्याइएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणका कारण आइतबार बहराइनबाट ३८ जना नेपाली फर्काइएका हुन्।

अध्यगामन विभागका महानिर्देशक ईश्वारराज पौडेलका अनुसार कोरोना भाइरसको संक्रमणका कारण आइतबार बिहान उनीहरुलाई फकाइएको हो। ‘ वैदशिक रोजगारीका लागि ३८ जना नेपालीहरु बहराइन गएका थिए, उनीहरु आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्,’ उनले भने । महानिर्देशक पौडेलका अनुसार बहराइन विमानस्थलबाटै उनीहरुलाई फर्काइएको हो।

उनीहरु सवैजनाको कागजपत्र संलकन गरी अहिले अन्य कुनै कारण हो वा होइन भन्ने विषयमा अध्यागमले अनुसन्धान शुरु गरेको छ। विभागका अनुसार कोरोनाको जोखिम विश्वव्यापी रुपमा बढ्दै गएपछि गत सातायता मात्रै दक्षिण कोरियाबाट १० जनाभन्दा बढी फर्किइसकेका छन् भने इरानबाट पनि केही मानिसहरु फर्किएका छन् ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षको निर्णय: पूर्वएमाले र पूर्वमाओवादी अलगअलग भएर जाने

विश्व स्वास्थ्य संगठनले कोरोनालाई संकटकालीन अवस्था घोषणा गरिसकेपछि विश्वव्यापी रुपमा विभिन्न देशले अध्यागमनमा कडाइ गरेका छ