अमेरिकामा माधब नेपाल गुटद्वारा अर्को समिति गठन

ओमकार प्रकाश सेढाई। न्युयोर्क। नेकपाले अमेरिकामा बनाएको प्रवासी नेपाली एकता मन्चको कमिटीलाई चुनौती दिदै अमेरिकामा मार्च १ मा प्रवासी मञ्चका बरिष्ठ उपाध्यक्ष टेक गुरुङ्गको नेतृत्वमा ३९ सदस्यीय बिद्रोही कमिटी घोषणा गरिएको छ। अमेरिकाको न्युयोर्क र टेक्सासको ड्यालसमा प्रत्यक्ष प्रसारण सहितको पत्रकार सम्मेलन आयोजना गरी उक्त समिति घोषणा गरिएको हो।

समितिको महासचिवमा ओएनएफका पूर्व कोषाध्यक्ष रहेका शंकर पन्त रहेका छन्। प्रवक्तामा ड्यालस निवासी पूर्व सचिव कमल ओझा रहेका छन भने कोषाध्यक्षमा टेक्सास निवासी युबराज खनाल रहेका छन्।

त्यसैगरी सदस्यमा अमेरिकामा एमालेको प्रवासी संगठनको संस्थापक रहेका टेक्सासका भिम कार्की , गणेश कुँवर , न्युयोर्ककी बनिता कतिला, सीता खरेल, सि. एन घिमिरे ,न्युयोर्ककै पूर्व महासचिव राधाकृष्ण देउजा, सोमेन्द्र रन्जित, कृष्ण आचार्य, टेक्सासका चन्द्रकान्त पान्डे , सिकागोका रेस्टुरेन्ट ब्यवसायी बाला घिमिरे, सरस्वती मुखिया र सुन्दर घिमिरे, टेक्सासकी सरिता चौलागाईं , केन्टुकीका भरत उप्रेती, आइयोबाबाट दिपेश गौतम, डिसीका डिबि सागर ,टंक कुवँर, कमला भुसाल लगायत रहेका छन्।

करिब ३ हप्ता अघि अमेरिकामा रहेका पूर्व प्रवासी मञ्च र एकता मञ्चमा एमाले तर्फबाट २० जना र माओबादी तर्फबाट १५ जना गरी जम्मा ३५ जनाको नामावली आएको थियो।

केन्द्रबाट आएको लिस्टमा ओली पक्षका प्रभु थापाको नेतृत्वमा मात्र एकलौटी नाम आएको भन्दै माधब नेपाल गुटले अमेरिकामा भिन्दै सङठनको कन्फ्रेन्स तथा २ स्थानमा भेला राखी बिद्रोही संगठनको नाम घोषणा गरेको हो।

अमेरिकामा प्रबासी नेपाली एकता मञ्च यहाँको कानुन अनुसार स्टेट अफ टेक्सासमा गैर नाफामुलक संस्थाको रुपमा आज निर्माण भएको बिद्रोहीहरुको कब्जामा छ।

नेपालस्थित केन्द्रको नजिक रहेर गठन गरेका समितिका अध्यक्ष प्रभु थापाले केही दिन अघि बैठक बसेर कमिटीमा आफ्नो बहुमत पुर्याउने हिसाबले १४ जना सदस्य थप गरेका छन भने मार्च १ मा बनाइएको नयाँ कमिटीमा पूर्व माओबादी पक्षका एक जना पनि समेट्न सकेको छैन।

अमेरिकामा प्रभु थापा र बिद्रोही समूह दुबै पक्षको तौर तरिका मन नपरेर बाहिर बसेका पनि थुप्रै सार्वजनिक अनुहार पनि छन् । मध्यपश्चिम क्षेत्रमध्ये आयोबाका प्रीतिसागर खत्री र सिकागोका टेकराज पौडेल, बिद्यार्थी नेता थोमस बास्तोला , केन्टुकीका प्रकाश भेटवाल, न्युह्यामसारका डी. आर. अर्याल र शिव कुमार राई ,टेक्सासका समाजसेवी हेम पाठक , न्युयोर्ककी कुन्ती थापा ,बिनोद पोख्रेल, अशोक कार्की ,प्रदिप श्रेष्ठ,बोस्टनका लिला राउत,कोलोराडोका आइत गुरुङ ,नारायण श्रेष्ठ र श्याम श्रेस्ठ, नर्थ क्यारोलाईनाका खेम भन्डारी रहेका छन्।

त्यसैगरि केन्टुकीका खेम लोहनी, न्युयोर्कका खिमबिक्रम भट्टराई,सिकागोका गोबिन्द खनाल, शिव अधिकारी, जगन निरौला, घनश्याम भट्टराई, बलराम पोख्रेल, भोजराज गैरे,आयोबाका रघु भट्टराई ,पशुपति डल्लाकोटी , विस्कन्सिसका तिलक के.सी. सिकागोकै बिष्णु छिमेकी, त्रिपुरासुन्दरी पौडेल, गोपिचन्द्र भुसाल, टेक्सासका पवन अर्याल, डिसी क्षेत्रका हिरा शर्मा,नेत्र घिशिङ, क्यालिफोर्नियाका माधब नेपाल लगायत ठूलो संख्यामा रहेका प्रभाबशाली ब्यक्तित्वहरुलाई दुबै समूहले आ आफ्नो समूहमा राख्न ठूलो प्रयत्न हुदा हुँदै पनि कतै बस्न मानेका छैनन्।

यो हिसाबले हेर्दा अमेरिकामा प्रभु थापाको नेतृत्वले संगठन भित्र बिवाद र समस्या मात्र सिर्जना गरेकोले एकातिर बिद्रोहीको रुपमा भिन्दै संगठन जन्मन गयो भने अर्को तर्फ उनकै कारण ओएनएफतिर झुकाव राख्ने सयौँ कार्यकर्ता संगठनात्मक प्रणालीमा सामेल नहुने र सदस्यता नवीकरण नै नहुने देखिएको छ ।