वसन्तपुरमा ठडियो चीर, होली सुरु

काठमाडौँ। फागु अर्थात् होली पर्व सुरु भएको दिन जनाउन  काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ।  मङ्गलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो।

वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौँ उपत्यका सहित देशभर होली पर्व सुरु भएको मानिन्छ। वसन्तपुरमा चीर ठड्याइसकेपछि हर्ष बढाइँ गरिएको छ। साथै सहभागीहरू बीच रङ्गीविरङ्गी अबिर दलेर खुसियाली मनाइएको छ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णियासम्म होली पर्व मनाउने गरिन्छ। यस वर्ष होलीको मुख्य दिन काठमाडौँ लगायत पहाडी जिल्लाहरूमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरूमा फागुन २७ गते सार्वजनिक बिदा दिइएको छ।

रङ्गिचङ्गि कपडाहरू बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ।

अन्य सम्बन्धित समाचार:  फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन सिफरिस