काठमाडौँ। राहदानी विभागले २० लाख ई–पासपोर्ट छपाइ गर्न टेन्डर आह्वान गरेको छ। सोमबार राति विभागले टेन्डर आह्वान गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) खरिदमा घूस बार्गेनिङ प्रकरणसँगै अन्योल बढेपछि यस्तो कदम चालेको हो।
आफ्नै देशमा सेक्युरिटी प्रेस स्थापना हुने र सोही प्रेसमा पासपोर्ट छाप्न सकिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बोलपत्र रद्द गर्न निर्देशन दिएको हो। सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि बढाउने भएसँगै विभागले यसअघि भदौ १० मा गरेको टेन्डर कात्तिक २१ मा रद्द गरिएको थियो।
राहदानी विभागले २० लाख पासपोर्ट छपाइका लागि बोलपत्र आह्वान गरेको छ। सेक्युरिटी प्रेस स्थापनामा हुने ढिलाइका कारण पासपोर्ट अभाव हुने अवस्था आएको छ।