दिपिकाको पेरिस फेसनको यात्रा रद्द

काठमाडौँ। बलिउड अभिनेत्री दिपिका पादुकोणले कोरोना भाइरसका कारण यस वर्षको पेरिस फेसन भन नलिने भएकी छिन्। संसार भरि फैलिएको कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै उनले त्यहाँ जाने योजना रद्द गरेकी हुन्।

२४ फेब्रुअरी देखि फ्रान्सको राजधानीमा सुरु हुने यो कार्यक्रम मार्च ३ सम्म चल्ने छ। दिपिकालाई लक्की फेसन ब्रान्ड ‘लुई वितो’ ले त्यहाँको लगी निमन्त्रणा गरेको थियो।

दिपिका चाँडै नै आफ्नो नयाँ फिल्म ‘८३’ मा देखिन्दै छिन्। जसमा उनले कपिल देवकी श्रीमती रोमी देवको भूमिका निभाउदै छिन्। यसबाहेक उनी हलिउडको हिट कमेडी फिल्म ‘द इन्टर्न’ को आधिकारिक हिन्दी रिमेकमा पनि काम भएकी छिन्। यस फिल्ममा उनलाई ऋषि कपुरसँग देखिने छ। फिल्म सन् २०२१ मा रिलिज हुनेछ।