प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्न छुट्टै व्यवस्था

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले उनको स्वास्थ्य लाभको कामना गर्न छुट्टै व्यवस्था गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो शुभकामना प्रधानमन्त्रीको निजी बेवसाइटमार्फत् राख्न अनुरोध गरेका हुन्। ‘सम्माननीय प्रधानमन्त्री ज्यूको सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्न चाहने स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूले यहाँ आफ्नो सन्देश राख्न अनुरोध गर्दछौं,’ थापाले भनेका छन्।

प्रधानमन्त्री ओलीले बुधबार दोस्रोपटक मृगौला प्रत्यारोपण गर्दैछन्।

https://kpsharmaoli.com.np/

अन्य सम्बन्धित समाचार:  विप्लबसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन