‘प्रेमगीत ३’ मा जीवनको फरक भूमिका

काठमाडौँ। यस वर्षकै बहुप्रतिक्षित मानिएको फिल्म ‘प्रेमगीत ‘प्रेमगीत ३’ ले अभिनेता जीवन भट्टराईको फस्ट लुक सार्वजनिक गरेको छ। पास्टरमा जीवनलाई फरक भूमिकामा देखाइएको छ।

यस अघि पनि निर्माण टिमले फिल्ममा समावेश कलाकारको क्यारेक्टर लुक सार्वजनिन गर्दै आएको छ। साथै रिलिज भएको फिल्मको गीत ‘हात्ति ढुङगामा’ ले लोकप्रियता कमाई सकेको छ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको यस फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्म चैत्र २८ गतेदेखि प्रदर्शनमा आउँदै छ।

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने