विदेशमा रहेका नेपाली र किसानका पक्षमा आमरण अनशन (भिडियोसहित)

साहारा लिम्बू। २० रोपनी कम जग्गा जमिन भएको नेपाली किसान परिवारलाई मलबीउ निशुल्क ब्यवस्था साथै वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकको परिवारलाई २० लाख क्षतिपूर्ति र वैदेशिक दुर्घटनामा घाइते हुन पुगेका नेपालीलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था सँगै पीडित परिवारको शिक्षा, स्वास्थ्य, र रोजगारीको पूर्ण ग्यारेन्टी गर्न सरकारलाई दवाव दिदैँ श्रीराम घिमिरे आमरण अनशन बसेका छन्।

नुवाकोट ककनी स्थाई घर भएका २७ बर्षिया श्रीराम यही फागुन १७ गते देखि अनिश्चितकालका लागि रत्नपार्कमा अनशन बसेका छन्। यस अगाडि पनि उनी यसै मागका लागि २ पटक असन बसिसकेका छन्। उनी मिति २०७४ सालमा ९ दिन आसन बसेका थिए भने ७५ सालमा चाहिँ उनी लगायत १५ जनाको टिम ३ दिन अनशन बसेका थिए।

अन्य सम्बन्धित समाचार:  कीर्तिपुरमा दुर्घटना गराइ फरार चालक कलंकीबाट पक्राउ

सरकारी निकायबाट आफ्नो माग पुरा नभए सम्म उनी आफ्नो अनशन स्थगित नगर्ने बताउँछन्‌।