कोरोनाको त्रासले नेकपाको भेला स्थगित

काठमाडौँ। कोरोना भाइसर (कोविड–१९) का कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित भएको छ।

नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको सन्दर्भ विश्व स्वास्थ्य सङ्गठनले जनाएसँगै सरकारले सार्वजनिक सभासम्मेलनको आयोजना नगर्न सूचना गरेसँगै भेला पनि स्थगित भएको जनाइएको छ। भेला तथा प्रशिक्षणमा प्रदेश १ का १४ जिल्लाबाट सचिवालय सदस्यहरूको सहभागिता रहने कार्यक्रम रहेको थियो।

मङ्गलबारबाट कार्यक्रम सुरु हुने तय भए पनि ढिलोगरी कार्यक्रम स्थगित गरिँदा सदस्यहरू आउने क्रम जारी रहेको र केहीलाई भने जानकारी दिदाँ बाटैबाट फर्किएको बताइएको छ।

कार्यक्रमका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल लगायतको सहभागिता रहने तय थियो।

अन्य सम्बन्धित समाचार:  बादललाई भोट हाल्ने राप्रपाको औपचारिक निर्णय

तथापि कार्यक्रम स्थगित भएसँगै उनीहरु समेत तत्काल कार्यक्रममा उपस्थित नहुने बताइएको छ। कार्यक्रमका लागि काठमाडौँ विमानस्थल सम्म पुगेका अध्यक्ष दाहाल विमानस्थलबाटै फर्किएका छन्।

अनिश्चितकालका लागि स्थगित भेला तथा प्रशिक्षण कार्यक्रम अब कुन मितिमा हुनेछ भन्ने बारे कुनै निर्णय हुन नसकेको बताइएको छ।