प्रहरीलाई गोली हान्ने युवक पक्राऊ

दिल्ली। उत्तर पूर्वी दिल्लीमा भएको हिंसाको क्रममा प्रहरीलाई गोली हानेका शाहरुखलाई उत्तर प्रदेशको बरेलीबाट पक्राउ गरिएको छ।
पक्राउ पश्चात उनलाई दिल्लीप्रहरीको अपराध माहाशाखामा लगिएको छ।

शाहरुखका धेरै आफन्तहरू बरेलीमा रहेका छन्। जसको घरमा उनी लगातार आफ्नो ठाँउ परिवर्तन गर्दै आएको बताइएको छ।

दिल्लीको मौजपुर क्षेत्रमा गोली हानेको आरेप लागेका शाहरुख  फरार रहेका थिए। खोजीमा संलग्न विशेष सेलले शाहरुखको कल डिटेलबाट जानकारी प्राप्त गरेर पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  स्वीट्जरल्यान्ड जनमत सङ्ग्रह: मुहार ढाक्ने पोशाकमा प्रतिबन्ध