अर्थमन्त्री खतिवडाले राजिनामा दिदैँ

काठमाडौँ। अर्थमन्त्री डा.युवराज खतिवडाले आज राजिनामा दिने भएका छन्। राष्ट्रियसभामा उनको कार्यकाल सकिन लागेकाले उनले राजिनामा दिन लागेका हुन्।

नेकपाको स्थायी समितिले बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय गरिसकेको छ। यद्यपि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली उनको पक्षमा उभिएका थिए। तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट मनोनित हुने सिटमा कसैको नाम सिफारिस नगरेपछि राजिनामा दिन खतिवडा बाध्य भएका हुन्।

अर्थमन्त्रीका रुपमा खतिवडा राजनीतिक पृष्ठभूमिका व्यक्ति नभएको र जीवनभर जागिरे भएकाले उनले अर्थतन्त्रलाई भिजन दिन नसकेको आरोप छ।  राजश्वका लक्ष्य समेत पुरा गर्न सकेनन्। मध्यमवर्गलाई प्रताडित बनाउने नीतिका कारण पनि उनी अलोकप्रिय भए।
अहिले राजिनामा दिए पनि फेरि ६ महिनासम्मलाई पनि अर्थमन्त्री बनाउन सकिने संवैधानिक प्रावधान छ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चको फैसलापछि फेरि एमाले र माओवादी केन्द्र ब्युँतिए